अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

बक्स अफिस वैशाख १० गतेदेखि औपचारिक रूपमा सुरु

मनिष कार्की, काठमाडौँ, २०७५ वैशाख ३ गते ८:५८ मा प्रकाशित

उपत्यकामा संचालिच सिंगल थिएटरहरूमा वर्ष ०७५ सालको सुरुवातसँगै बक्स अफिस प्रणाली इ टिकेटिङ सिस्टम लागु हुने भएको छ । मल्टीप्लेक सिनेमा घरहरूमा सञ्चालित इ टिकेटिङ सिस्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दै छ । त्यसका लागि API प्रविधि अपडेटका लागि ब्रेन डिजिटले काम गरी रहेको छ ।

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्धारा वैशाखको पहिलो साता देखि बक्स अफिस लागु गर्ने पूर्वघोषित कार्यक्रम अनुरूप वैशाख १० गतेदेखि औपचारिक रूपमा सुरु गरिने भएको छ । जस अनुरूप चावहिल स्थित गोपीकृष्ण मुभिजमा यसको पहिलो परीक्षण सम्पन्न भएको छ । गोपीकृष्ण सँगै कोटेश्वर जारिबुटी अवस्थित पुष्पाञ्जली, बौद्ध स्थित सिदार्थ र पृथ्वीसँगै कलङ्की सिनेमा हलमा वैशाख १० गते देखि नै बक्स अफिस प्रणाली सुरु हुनेछ । जसका लागि ब्रेन डिजिटले सर्भर जडानको काम गरी रहेको छ ।

केही दिनमै गोपीकृष्ण मुभिजमा सिनेमा हेर्न आउंनुहुने दर्शकहरूले इ टिकेटिङ सिस्टमबाट टिकट काट्नु हुनेछ, परीक्षण समय पत्रकाहरुसंग बोल्दै बोध्यक्ष पौडेलले बताइन् । हल सञ्चालक तथा निर्माताहरूकै सल्लाहमा नयाँ आर्थिक वर्ष २०७५/०७६ अर्थात् श्रावण देखि पूर्णरुपमा देशभर नै बक्स अफिस प्रणालि अनिवार्य लागु हुनेछ । जसका लागि उपत्यका बाहिरका सिनेमा हलहरूमा अहिले सर्भर जडानको काम चली रहेको छ । आर्थिक अवस्था कमजोर भएका सिंगल थिएटरहरूलाई बोर्ड सहयोग पनि गर्ने भनिएको छ । गरिने अध्यक्ष पौडेलले थपिन् ।

गोपीकृष्ण, गुण सिनेमा र अष्टनारायणमा धेरै पर्दा भएका कारण प्राविधिक कठिनाइ भए पनि त्यसलाई कसरी सहज बनाउन्न सकिन्छ भन्ने तर्फ बोर्ड लागि रहेको छ । केही हल संचालकहरुले बक्स अफिस प्रणाली व्यवहारिकता नभएको भन्दै अदालत सम्म जाने कुराहरू आइरहेका छन् । तर, अध्यक्ष पौडेल भन्छिन् त्यो उहाँहरूले नबुझ्नु भएको कुरा हो जस्तो लाग्छ । राज्यलाई तिर्नु पर्ने करमा हल सञ्चालक, निर्माता, निर्देशक तथा कलाकार सबै पारदर्शी हुनु पर्नेछ । तसर्थ कुनै पनि हालतमा श्रावण देखि बक्स अफिस प्रणाली लागु हुनेछ । तर, त्यस्ता भ्रममा नपर्न अध्यक्ष पौडेलले सुझाइन् ।

प्रतिक्रिया