अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

गजल

लीलाराज दाहाल २०७५ वैशाख ३ गते ८:३५ मा प्रकाशित

जब कसैको मति बिग्रन्छ
अनि जीवनको गति बिग्रन्छ ।

बिग्रे पछि त जो कोही नि
भन्नै सकिन्न कति बिग्रन्छ ।

लक्ष्मी बनेर जो घर सिँगार्छे
हरे ! तिनैको पति बिग्रन्छ ।

उँभो लाग्नै नसक्ने भयो लीला
बिग्रियोस् अब जति बिग्रन्छ ।

प्रतिक्रिया