अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जित्न सफल

बिआरटीनेपाल २०७५ वैशाख २ गते २०:२२ मा प्रकाशित

म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ । गएराति भएको खेलमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड १–० ले पराजित भएपछि सिटीले चार खेल अगावै उपाधि जितेको हो ।

चार खेल बाँकी रहेको अवस्थामा सिटीले युनाइटेड भन्दा १६ अंकको अग्रता बनाएको छ । यस्तोमा युनाइटेडले बाँकी चार सबै खेल जित्दा र सिटीले सबै खेल गुमाउँदा पनि उपाधि सिटीकै पोल्टामा जाने पक्का भएको हो । ३३ राउन्डको खेल सकिँदा सिटीले ८७ अंक जोडिसकेको छ भने युनाइटेडले ७१ अंक मात्रै जोडेको छ । 

प्रतिक्रिया