अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

कोलोराडोमा नयाँ वर्ष शुभकामना साँझ २०७५ सम्पन्न (फोटो फिचर तथा भिडियो )

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ वैशाख २ गते ११:२४ मा प्रकाशित

कोलोराडोको सबै भन्दा पुरानो संस्था रक्की माउन्टेन फ्रेन्ड अफ नेपालको आयोजनामा थर्नटर्नको सेन्चुरी इलमेन्ट्री स्कुलमा भएको “नयाँ वर्ष शुभकामना साँझ २०७५” आपसमा शुभकामना आदान प्रदान गर्दै विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । 

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका महासचिव टिका पौडेलले दिएका थिए भने प्रमुख अतिथि नेपाली दूतावासका इकोमोनीक काउन्सिलर कैलाश पोखरेलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस पछि नेपाली र अमेरिकी राष्ट्रिय गान बजाइएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष विनोद त्रिपाठीले धन्यवाद मन्तव्य दिएका थिए । 

विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहित बाक्लो उपस्थिति रहेको उक्त शुभकामना साँझमा गायक सन्जिब प्रधानले भोलि फेरी सल्लाघारीमा, कसरी भनु म तिमी बिना एक्लै एक्लै, नशा भित्र नसा सरी, देउरालीको चौतारीमा भन्ने चर्चित गीत गाई दर्शकहरूलाई नचाएका थिए भने गायिका उषा किरण अधिकारी, गायिका सम्झना पाण्डे तथा अभुसण पोखरेलले समेत आफ्नो कला र गलाद्वारा मनोरञ्जन दिएका थिए । डान्सरहरु सिमरन शाही तथा सपना महर्जनको नृत्यले दर्शकलाई तताएको थियो । कार्यक्रममा वरिष्ठ गायक प्रकाश श्रेष्ठलाई संस्थाका अध्यक्ष विनोद त्रिपाठी तथा उपाध्यक्ष मणि बस्नेतले खादा ओढाइ सम्मान गरेका थिए । 

भिडियो भाग १

त्यस्तै भावना बस्नेत, साधना बस्नेत, आस्मा बस्नेत, लकिशा बस्नेत, आकृति पौडेल, सितास्मा लामा, निकिता श्रेष्ठ, सुप्रभा खत्री, आभूषण पोखरेल, शाश्वत कोइराला हरूले नृत्य प्रस्तुत गरेका थिए । अन्य नृत्य प्रस्तुत गर्नेमा आरती पौडेल, मरीसा श्रेष्ठ, स्नेहा लुईटेल, सारीका आचार्य, सन्जु आचार्य, आयूष कार्की, अभ्यास भट्टराई,अनिसा भट्टराई, निर्जला तथा निकिता चापागाइ, दिब्या बोगटी, अनु भट्टराई, दिलाशा कार्की, रनुस्का उपाध्याय, अन्जली थापा, ऐश्वर्या तिवारी थिए ।

कार्यक्रममा हरि लामिछानेले गजल र श्रीराम लुइटेलले नयाँ वर्ष कविता वाचन गरेका थिए भने रक्की माउण्टेन फ्रेन्डस अफ नेपालका सल्लाहकार जगन्नाथ गौतमले नयाँ बर्षको शुभकमना दिएका थिए ।पहिलो चरणको कार्यक्रमको सञ्चालन कृष्ण मुरारी ढुङेलले गरेका थिए भने दोस्रो चरणको कार्यक्रम सञ्चालन, भावना बस्नेत, आकृति पौडेल र शाश्वत कोइरालाले गरेका थिए । उक्त कार्यक्रममा भाग लिने कलाकारहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । साँझ ६ बजे देखि ९:४५ बजेसम्म सञ्चालन भएको कार्यक्रममा आयोजकले दर्शकहरूलाई भरपुर मानोरञ्जन दिने प्रयास गरेका थिए । कार्यक्रमको बिआरटी नेपाल डट कमले प्रत्यक्ष्य प्रसारण गरेको थियो ।
फोटो कपी राइट्स: बिआरटी नेपाल डट कम
भिडियो भाग २

 

प्रतिक्रिया