अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५१ | Colorodo: 10:06

बोष्टनमा पुन एक दिने आध्यात्मिक प्रवचन हुने

यम पौडेल, बोष्टन २०७५ वैशाख २ गते ९:५६ मा प्रकाशित

नेपालीको नयाँ वर्ष आगमनसँगै अमेरिकाको बोष्टनमा यही अप्रिल १९ तारिख बिहिबारका दिन पुन एक दिने आध्यात्मिक प्रबचन हुने भएको छ । मेटफोर्ट सिटी ४०७ आर मेस्टिक एभ स्थित शिवालय मन्दिर को दुर्गा हलमा नै प्रबचन आयोजना गरिएको छ ।जहाँ यस भन्दा अगाडि पनि प्रबचन भएको थियो । यस सम्बन्धमा पशुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यु इँङग्ल्याण्ड को अप्रिल १ तारिख को मिटिङले निर्णय गरिसकेको छ । वाचन प्रवीण दिनबन्धु पोखरेल पुन बोष्टन आउने थाहा पाएपछि भेटघाट तथा एक दिने प्रबचन गर्ने विषयमा बैठक बोलाइएको थियो । आठ महिना अघि अगष्ट ६ देखि १३ गते सम्म त्यसै ठाउँमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा बृहद आध्यात्मिक महोत्सव सोचे भन्दा व्यापक रूपमा सफल भएको थियो ।त्यस महायज्ञको सफलतालाई आत्मसाथ गरी महोत्सवको ऊर्जा र उत्साहलाई फाऊण्डेशनको पक्षमा निरन्तरता दिन एक दिने प्रवचन आयोजना गरिएको कुरा प्याब्फोनले जनाएको छ ।

बोष्टनमा नेपाली फेरि जम्मा हुने दिन आयो, आध्यात्मिक प्रवचनको आनन्दमा रमाउने, भगवानको नाम लिने, भजन गाउने,भजनमा नाच्ने, दुख बिर्सने, रमाइलो दिन आयो । बोस्टन सप्ताह २०१७को स्मरण गरौँ, बोलेको भए सम्झिऊँ, छुटेको भए समेटिऊँ, स्वच्छले जाऊ , सबै जुटौँ, कोही नछुटा,धर्म गरौँ पुण्य कमाऊ, नेपाली कम्युनिटि सेन्टर बोष्टनमा बनाऊ भन्दै फाऊण्डेशनका साथीहरू बडा रमाइलो सँग एक दिने प्रबचनलाई सफल पार्न लागि परेका छन् । प्रचार प्रसारमा जुटेका छन् ।

बोष्टनमा पशुपतिनाथको मन्दिर र बुद्धको स्तुपा सहित नेपाली कम्युनिटि सेन्टर बनाउने उद्देश्यले पशुपतिनाथ बुद्ध फाऊण्डेशनको स्थापना भएको हो ।यसले विगत केही वर्ष देखि नेपाली गतिविधि मार्फत अर्थ सङ्कलन गर्दै आएको छ । गत २०१७मा अगष्ट ६ देखि १३ गते सम्म आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा बृहद आध्यात्मिक महोत्सव एेतिहासिक नै भएको थियो ।जहाँसम्म विदेशका भागवत सप्ताहहरूमा यतिबिध्न सहभागिता र धेरै दान सङ्कलन भएको सप्ताह “ बोष्टन सप्ताह” नै हुनुपर्छ । बोष्टन सप्ताह मय भएको थियो । सप्ताह शुरुभएपछि नेपालमय सप्ताह जस्तै भयो बोष्टनमा । यस महायज्ञबाट आयोजकले सोचे भन्दा पनि धेरै १५,७४,५६१.१४ डलर (नगद एवं बचनबद्दता सहित) प्राप्त भएको छ । जसले गर्दा संस्थाको आर्थिक हैसियत ह्वात्तै बढेर यति बेला १.८ मिलियन डलर भन्दा बढी भइसकेको अवस्था छ । फाऊण्डेशनको प्रपटि सर्च टाष्क फोर्स कमिटीले सशक्त रूपमा उपयुक्त घर खोज्ने क्रम जारी राखेको छ । बजारमा आएका कैयौँ उपयुक्त घर( हल सहितका घर) लाई अफर हाल्ने काम पनि गरेको छ ।यो समाचार लेख्दै गर्दा स्टोनह्याम सिटी मेनरोड स्थित एक घरको लागि अफर हाल्ने तयारीमा टाष्क फोर्स रहेको जानकारी प्राप्त भएको छ । यसरी निकट भविष्यमै बोष्टनका नेपालीहरूले आफ्नै नेपाली कम्युनिटि सेन्टर पाउने देखिएको छ, आफ्नै नेपाली हलमा नेपाली कार्यक्रम गर्न पाउने र सांस्कृतिक कार्यक्रम तथा पूजा पाठ गर्न पाउने देखिएको छ ।

प्रतिक्रिया