अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

पप गायक दिपेश किशोरको नयाँ गीत यो माया सार्वजनिक

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ वैशाख १ गते १३:०७ मा प्रकाशित

नेपाली पप गायक दिपेश किशोर भट्टराईले दर्शक सामु नयाँ गीत लिएर आएका छन् । उनको “यो माया “बोलको गीतको लेखन उनका बुवा तथा कलाकार मुकुन्द किशोर भट्टराई हुन भने सङ्गीत भने स्वय दिपेश आफैले दिएका छन् । 

यो भन्दा पहिले पनि धेरै एल्बम निकाली सकेका गायक दिपेश, नेपाली गायन क्षेत्रमा कुनै नयाँ नाम हैन । उनले दर्शक सामु भेडाको उन जस्तो, के म तिम्रो साथी, मलाई माफ गरिदेऊ जस्ता थुप्रै कर्णप्रिय गीत दिइसकेका छन् ।

यस गीतको भिडियो अस्ट्रेलियामा छायाङ्कन गरिएको छ भने अभियान थापाको छायाङ्कन, सम्पादन तथा कन्सेप्ट रहेको यो गीतमा एरेन्जरको काम मोहित थापाको रहेको छ ।

उनको यो गीतले पनि नेपाली साङीतिक आकाशमा सफलता हासिल गरोस् । शुभकामना ! 

प्रतिक्रिया