अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

नेपाली चलचित्र ‘हैरान’ को शीर्ष गीत सार्वजनिक

प्रदिप कार्की, काठमाडौँ २०७५ वैशाख १ गते ९:२७ मा प्रकाशित

नेपाली चलचित्र ‘हैरान’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द र सङ्गीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ भने यसलाई सत्य(स्वरूपले सरगम आचार्य र बबिता मनाधरसंग मिलेर गाएका छन् । यसमा गिरिश खतिवडाको र्याप रहेको छ भने यसलाई राजन इशानले एरेन्ज गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफीमा तयार गीतमा सरोज खनाल , सत्यराज आचार्य , निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल , निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका सम्पूर्ण कलाकार देखिनेछन् । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भइरहेको फिल्मलाई कमेडी जनरमा तयार पारिएको छ । 

राजधानी स्थित एनएफडिसीमा सेट लगाएर यसको छायाङ्कन केही दिन अगाडी मात्र गरिएको हो । गीतमा फिल्मका सम्पूर्ण कलाकारलाई फिचर्ड गरिएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लिएर आउने तयारी गरिरहेका छन् ।

अघिल्लो फिल्ममा बाबु छोरी बिचको प्रेमलाई देखाइएको थियो भने यस पटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर बाइ एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । फिल्मका कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, सङ्गीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाङ्कन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ । 

गजित विष्ट: फिल्मको टाइटल गीतमा हामीले सम्पूर्ण कलाकारलाई समेटेका छौ । पहिला यसलाई प्रमोसनको रूपमा मात्र प्रयोग गर्ने सोच पनि आएको थियो तर अब यो फिल्ममा पनि समावेश हुनेछ । गीतमा हामीले सबै पात्रको टेन्सनलाई देखाउन खोजेका छौ । फिल्म रमाइलो बनेको छ । गीतलाई पनि रमाइलो बनाउन सबैलाई एकै ठाउँमा उभ्याएका छौ । 

सम्बन्धित सामग्रीहरू