अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन

बिआरटीनेपाल २०७५ वैशाख १ गते ९:२० मा प्रकाशित

दमौली, तनहुँ, नवलपरासीको दुम्कौलीस्थित शाश्वत धामको आजमात्रै २५ हजारभन्दा बढी व्यक्तिले अवलोकन गरेका छन् । नयाँ वर्ष २०७५ को अवसरमा उक्त दिन शाश्वत धामको अवलोकन गर्न हजारौँ व्यक्तिको ओइरो लागेको थियो । अवलोकनकर्ताको भीडका कारण शाश्वत धाम संरक्षण समितिका पदाधिकारीलाई व्यवस्थापन मिलाउन हम्मेहम्मे परेको थियो ।

देशका विभिन्न ठाउँ तथा भारत र अन्य देशका पर्यटकको शाश्वत धाम अवलोकन गर्न घुइँचो लागेको हो । नयाँ वर्षका दिन आजमात्रै ३० हजारभन्दा बढी व्यक्तिले शाश्वत धाम (सिजी)को अवलोकन गरेको शाश्वत धामका प्रमुख (सिइओ) नारायण श्रेष्ठले बताउनुभयो । आन्तरिक एवं बाह्य पर्यटकको भीडका कारण व्यवस्थापन मिलाउन हम्मेहम्मे परेको जानकारी उहाँले दिनुभयो । वरिष्ठ उद्योगपति विनोद चौधरीको लगानीमा निर्माण गरिएको शाश्वत धाम यतिबेला मुलुककै पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बन्दै गएको बताइएको छ ।

नयाँ शैली (खजुराव) मा निर्माण गरिएको आकर्षण भौतिक संरचना र त्यहाँ रहेको हिन्दू, बौद्ध धर्मावलम्बीहरुले मान्ने देवीदेवताका मूर्ति, परम्परागत वेशभूषा र संग्रहालयका साथै अन्य आकर्षण आकृतिहरुले आन्तरिक एवं बाह्य पर्यटकको ध्यान खिच्ने गरेको प्रशासन प्रमुख सरोज शर्माले बताउनुभयो ।

लमजुङबाट गएका सूर्य बराल सिजी पहिलो पटक देख्दा दंग परे । सिजी मनोरञ्जन गर्ने ठाउँमात्र नभएर ज्ञानबद्र्धक ठाउँसमेत रहेछ उहाँले भन्नुभयो । अवलोकनकर्तालाई निःशुल्क रुपमा त्यसको अवलोकन गर्ने व्यवस्था र संग्रहालय हेर्न रु १०० को टिकट काट्ने व्यवस्था मिलाइएको शाश्वत धाम संरक्षण समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू