अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 07:33

सिरिया हवाई आक्रमण निर्दिष्ट लक्ष्यमा: पेन्टागन रक्षा मन्त्रालय प्रवक्ता डाना ह्वाइट

बिआरटीनेपाल २०७५ वैशाख १ गते ९:०७ मा प्रकाशित

वासिङटन, अमेरिकी रक्षा मन्त्रालयले सिरियामा अमेरिका, बेलायत, फ्रान्सले सिरियाली प्रशासन विरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दाबी गरेको छ । रुसले दर्जनौँ क्षेप्यास्त्रलाई बिचमा अवरोध गरेको तर हवाई आक्रमणका निशाना सही रहेका निष्कर्ष पेन्टागनको रहेको रक्षा मन्त्रालयका प्रवक्ता डाना ह्वाइटले बताउनुभयो ।

“हामी सिरियामा युद्ध चाहन्नौ तर आफ्नै नागरिकविरुद्ध लक्षित गरी बसर अल असद प्रशासनले गरेको रासायनिक हतियार आक्रमणबाट भएको अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनको घटनालाई बेवास्ता गरिरहन पनि सक्दैनौ,” ह्वाइटले पेन्टागनमा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो । हवाई आक्रमणको निशाना सही रहेको र हमलाको औचित्य कानूनतः पुष्टि भएको छ, उहाँले थप्नुभयो ।

सञ्चारकर्मीसँगको छोटो प्रतिक्रियामा लेफ्टिनेन्ट जनरल केनेथ म्याककेन्जीले सिरियाली प्रशासनको रासायनिक हतियार संरचनाका लागि प्रयोग हुँदै आएका तीनस्थानमा हमला गरिएको र निशाना सही पुष्टि भएको बताउनुभयो । कारबाही एकदम ठिक, मजबुत र प्रभावकारी रहे, म्याककेन्जीले बताउनुभयो । अमेरिकी नेतृत्वमा भएको पछिल्लो संयुक्त कारबाहीले ‘सिरियाको रासायनिक हतियार कार्यक्रम’ बर्षौ पछि धकेलिने छ, उहाँले थप्नुभयो । एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू