अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

कार्यक्रममै ढलेका वडाध्यक्षको मृत्यु

बिआरटीनेपाल २०७५ वैशाख १ गते ७:१२ मा प्रकाशित

मुगु, रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको आज कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आएका थिए । उनी नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उनी ढलेका थिए । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू