अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

जात्रामय बन्यो भक्तपुर र ठिमि, बिस्केट जात्रामा हजारौंको भीड

रमेश गिरी, भक्तपुर (रासस) २०७५ वैशाख १ गते ६:५७ मा प्रकाशित

नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजारौँको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको थियो । भेलुखेलमा शुक्रवार साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौंको घुइँचो लागेको छ ।

५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरे शत्रुनास हुने सहकाल आउने जनविश्वास रहेको छ । चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ । आज यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ । 

Photo: google search

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू