अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 10:13

दिवं‌गत बलिवूड अभिनेत्री श्रीदेवीलाई नेशनल अवार्ड

बिआरटीनेपाल २०७४ चैत ३० गते २०:३६ मा प्रकाशित

नयाँदिल्ली, गत महिना दिबङत भएकी बलिउड अभिनेत्री श्रीदेवीलाई ६५ औँ नेशनल अवार्ड अन्तर्गत सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्रदान गरिएको छ । उनलाई हिन्दी फिल्म ममका लागि सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार दिइएको हो । पुरस्कार दिने समाचार सुनेपछि पति बोनी कपुर भावुक भएका छन् । मलाई उनको धेरै याद आइरहेको छ । उनलाई सम्झिएकोमा सबैलाई आयोजकलाई धन्यवाद !’

फेब्रुअरीमा दुबईको एक होटेलको रुमको बाथटबमा डुबेर श्रीदेवीको निधन भएको थियो । उनी त्यहाँ भाञ्जा मोहित मारवाहको बिहेमा भाग लिन पुगेकी थिइन् । त्यसपछि राजकीय सम्मानसहित उनको अन्तिम बिदाइ गरिएको थियो । श्रीदेवीलाई ओस्कर अवार्डका क्रममा पनि श्रद्धाञ्जली दिइएको थियो । 

नेशनल अवार्ड यो वर्ष राजकुमार राव अभिनित फिल्म ‘न्यूटन’ लाई सर्वश्रेष्ठ हिन्दी फिल्मको सम्मान दिइएको थियो । त्यसै गरी अभिनेता विनोद खन्नालाई मरणोप्रान्त दादा साहेब फाल्के सम्मान दिइएको छ । फिल्म ‘नागर कीर्तन’ का लागि बंगाली अभिनेता रिद्धी सेनलाई सर्वश्रेष्ठ अभिनेताको पुरस्कार मिलेको छ ।

नेशनल अवार्ड समिति प्रमुख तथा चर्चित निर्देशक शेखर कपुर यी सबै पुरस्कारको घोषणा गरेका हुन् । सबै विजेताहरूलाई ३ मेमा राष्ट्रपति रामनाथ कोविन्दले नेशनल अवार्ड सम्मानबाट सम्मानित गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया