अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

अम्बिकाका शब्दमा निराजन र साराको रोमान्स

कृष्ण भट्टराई, काठमाडौँ २०७४ चैत ३० गते १९:३५ मा प्रकाशित

कवयित्री समेत रहनु भएकी गीतकार अम्बिका गुरुङ प्रायः प्रेमिल शैलीका गीतहरू रचना गर्न सिपालु हुनुहुन्छ । अमेरिकामा बसेर नेपाली गीत–सङ्गीत तथा साहित्यमा क्रियाशील रहनु भएकी गुुरुङले यस पटक आफ्ना रोमान्टिक शब्दहरूको एउटा गीतको म्युजिक भिडियो तयार पार्नु भएको छ । ‘माया लगाइ…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ ।

सङ्गीतकारको रूपमा स्थापित भैसकेका शङ्कर थापा स्माइलले यो गीतमा स्वर भरेका छन् । प्रस्तुत गीतमा सङ्गीत पनि थापाकै छ । आफ्नै सङ्गीत भएकाले हुनसक्छ सङ्गीतकार थापा यो गीतको गायनमा खुलेका छन् । यो गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गरेका हुन् । आरबी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका हुन् ।

नेपालका स्थापित म्युजिक भिडियो निर्देश्ँक अर्जुन अधिकारीले यो गीतको म्युजिक भिडियोलाई गीतका शब्दहरू झैँ रोमान्टिक बनाएका छन् । भिडियोमा अभिनेत्री सारा शिर्पाली तथा अभिनेता निराजन प्रधानले अभिनय गरेका छन् । भिडियोमा उनीहरूको जोडी लोभलाग्दो देखिएको छ । उत्सव दाहालद्वारा छायाङ्कन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

यो भिडियोलाई गीतकार अम्बिका गुरुङले भावसागर इन्टरटेन्मेन्टको यूट्युब च्यानलमार्फत दर्शकमाझ ल्याउनु भएको हो ।

यस्तो छ माया लगाई…को म्युजिक भिडियो