अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

नेपाली चलचित्र एउटा यस्तो प्रेम कहानीलाई उपराष्ट्रपतिको क्ल्याप

बिआरटीनेपाल २०७४ चैत ३० गते ७:३७ मा प्रकाशित

एक्सन किंग शिव श्रेष्ठको प्रस्तुत र कथामा निर्माण हुन लागेको नेपाली चलचित्र एउटा यस्तो प्रेम कहानीका लागि उपराष्ट्रपति नन्दबहादुुर पुनले क्ल्याप दिनु भएको छ । बिहीबार होटेल र्याडिसनमा आयोजित फिल्मको मुहूर्त समारोहमा उपराष्ट्रपति पुनले क्ल्याप दिनु भएको हो । मुहूर्तका लागि अभिनेताद्वय राजाराम पौडेल र किरण केसी तथा अभिनेत्री वसुन्धरा भुसालले सट दिएका थिए । 

उक्त कार्यक्रममा गायिका विष्णु चेमजोङ र गायक विश्व नेपालीले फिल्मको शीर्ष गीत तिम्रो आँखाबाट म संसार देख्न चाहन्छु गाएर सुनाए थिए । दीपेश सापकोटाको निर्देशन तथा दिनेश दर्शनधारी र यशोदा राईको निर्माण, सुजन गौतम, सुनिल कटवाल, दिनेश थापा, खुम तामाङ र रामनारायण शाहको सहनिर्माण रहने फिल्ममा शिव श्रेष्ठ प्रमुख भूमिकामा रहने छन् भने उनका छोरा शक्ति श्रेष्ठ नायकको रूपमा डेब्यु गर्दै छन् । 

चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, किरण केसी, राजाराम पौडेल, वसुन्धरा भुसाल, रेखा फागो, आयुष्मान देशराज, संजोग कोइराला, सुनिल कटुवाल, नरेन्द्र खड्का, श्रेया कार्की, शिल्पा खड्कालगायतले अभिनय गर्नेछन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपराष्ट्रपति पुनले फिल्म क्षेत्रमा लामो समयसम्म योगदान गरेका अभिनेता श्रेष्ठले निर्माण गर्न लागेको फिल्म अहिलेसम्मकै उत्कृष्ट र सफल बनोस् भन्दै शुभकामना दिनु भएको थियो । त्यसै गरी अभिनेता श्रेष्ठले विगतमा आफूले खेलेका फिल्महरूको अनुभवलाई यो फिल्ममा प्रयोग गर्ने विश्वास दिलाए । फिल्ममा अर्जुन पोखरेल, राजनराज शिवाकोटी र वसन्त सापकोटाको सङ्गीत, वसन्त श्रेष्ठ, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । कार्यक्रममा निर्देशक आकाश अधिकारी लगायत विभिन्न चलचित्र कर्मी, पत्रकार, सर्वसाधारण, बुद्धिजीवीहरूको उपस्थिति थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू