अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

वैशाख २१ गतेदेखि नेपाली चलचित्र “डमरुको डण्डीबियो”

मणीराज गौतम, हेटौडा २०७४ चैत ३० गते ७:१८ मा प्रकाशित

नेपाली चलचित्र डमरुको डण्डीबियोले आज हेटौडामा पत्रकार सम्मेलन गरेको छ । चललिचत्रका नायक खगेन्द्र लामिछाने, निर्माता विनोद गुरुङ् , नायिका लक्ष्मी बर्देवाको टोली हेटौडा आइपुगि पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी दिएको हो । वैशाख २१ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको प्रचारप्रसारको क्रममा हेटौडा आइपुगेको टोलीले चलचित्र खेलकुदलाई जोडेर मनोरञ्जनात्मक रूपमा चलचित्र निर्माण गरिएको जनाएको छ । 

कार्यक्रममा बाोल्नुहुदै चलचित्रका नायक लामिछानेले नेपालको राष्ट्रिय खेलको रूपमा रहेको डण्डीबियो पछिल्लो समय लोप हुन लागेकोले राष्ट्रिय खेलको उत्थानको लागी चलचित्र निर्माण गरिएको बताउनु भयो । उहाँले चलचित्र डमरुको डण्डीबियो मौलिक चलचित्रका साथै मनोरञ्जनात्मक भएकाले हलबाट कसैले पनि निराश भई फर्कन नपर्ने बताउनु भयो । चलचित्रका निर्माता गुरुङ्ले चलचित्रले दर्शकहरूको मन जित्ने बताउनुु भयो । कार्यक्रम चलचित्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष मणीराज गौतमको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया