अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

जनसम्पर्क समिति बेल्जियमले मनायो स्व: खुम बहादुर खड्काको १३ औँ पुन्यतिथी

विष्णु सापकोटा, बेल्जियम २०७४ चैत ३० गते ७:१२ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति बेल्जियमले स्व. खुम बहादुर खड्काको १३ औँ पुन्यतिथीको दिन पारेर गत बुधवारका दिन एक श्रदान्जली सभा सम्पन्न गरेको छ । नेपाली जनसम्पर्क समिति बेल्जियमती सभापति श्री सीता सापकोटाको सभापतित्व र संस्थापक अध्यक्ष श्री ध्रुबराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त श्रदान्जली सभामा स्व. खड्काको स्मरणमा एक मिनेट मौनधारणबाट सुरु गरिएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेल्जियमका उपाध्यक्ष नरहरी सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

नेपाल तरुणदलका पूर्व केन्द्रीय सदस्य एवं महाधिवेशन प्रतिनिधि श्री बलीराम झाले उहाँको जीवनीको बारेमा व्याख्या गर्नु भएको थियो । सङ्घीय समाजवादी पार्टी बेल्जियमका महासचिव लोक राना, ONF बेल्जियमका अध्यक्ष बोधराज पौडेल, एनआरएनए बेल्जियमका उपाध्यक्ष श्री खड्ग बहादुर केसीले स्व. खड्का नेपाली लोकतान्त्रिक आन्दोलनमा एक योद्धा हुनु भएको र उहाँको निधनले सिङ्गो लोकतन्त्रलाई नै क्षति पुगेको धारणा राख्नु भएको थियो । त्यस्तै गरी नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्व अध्यक्ष इन्द्र क्षेत्री पकवान, नेपाली जनसम्पर्क समिति बेल्जियमका निबर्तमान अध्यक्ष शुभाष जोशी (सन्तोष) एन आर एनए आईसीसी सचिव जानकी गुरुङ ले स्व. खड्का नेपाली काँग्रेसको मात्रै नेता नभई मुलुककै नेता तथा नेपाली काँग्रेस कार्यकर्ताका एक ज़िम्मेवार अभिभावक हुनुहुन्थ्यो जसलाई अनायासै राजनीतिक पूर्वाग्रहले अभियोग लगाइयो त्यो काग्रेसी कार्यकर्ताको लागी कदापि सैह्य छैन र सत्य नभई आम कांग्रसी जनलाई स्वीकार्य छैन भनी धारणा राख्नु भएको थियो ।

त्यस्तै गरी प्रमुख अतिथिको आसनबाट संस्थापक अध्यक्ष ध्रुबराज पौडेलले स्व. खड्काको निधनले हामी काग्रेसहरु टुहुरो बनेका छौँ, एउटा निडर र साहसी अभिभावक गुमाएका छौ भन्दै उहाँले पार्टी र मुलुकको लागी गरेको त्याग र योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै एक सच्चा र ईमान्दार नेतामाथि लगाइएको मिथ्या आरोपको विरोध गर्नु भएको थियो भने शोक सभा कार्यक्रममा सभापतिको आसनबाट बोल्दै नेपाली जनसम्पर्क समिति बेल्जुयमकी सभापति श्री सीता सापकोटा ले आफ्ना प्रिय नेता गुमाउनु पर्दाको पिडा ज्यादै दुखदायी भएको र पार्टीको एउटा ठुलो खम्बा ढलेको, कार्यकर्ताका एक बलियो संरक्षक गुमेको, नेपालको प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलका एक होनाहार योद्दाको अन्त्य भएको यस दुखद घडीमा आँफु लगायत नेपाली जनसम्पर्क समिति बेल्जियम र सिङ्गो काँग्रेस मर्माहत बनेको भन्दै यस दुखद निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षेती पुगेको कुरा व्यक्त गर्दै जिनवको अन्तिम घडीमा उहाँमाथि लगाइएको मुद्दा सरासर राजनीतिक पुर्वाग्रही बाट आएको र त्यो आरोप नेपाली काँग्रेसले कदापि नस्वीकार्ने बताउनु भएको थियो। 

उक्त श्रदान्जली सभामा नेपाली काँग्रेस पूर्व महाधिवेशन प्रतिनिधि उल्का घिमिरे, पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसी, क्षेत्री समाज बेल्जियम का अध्यक्ष नरेन्द्र बस्नेत, नवलपरासी समाज बेल्जियमका अध्यक्ष रमेश सापकोटा, शेर्पा समाज बेल्जियमका अध्यक्ष शोनम शेर्पा,लुम्बिनी कपिलबस्तु अभियान बेल्जियमका अध्यक्ष दामोदर आचार्य, काभ्रेली समाज बेल्जियमका अध्यक्ष दिनेश उप्रेती,तमु समाज बेल्जियमकी वरिष्ठ उपाध्यक्ष दुर्गा गुरुङ, बाग्लुंग समाज बेल्जियमका महासचिव प्रमानन्द सापकोटा लगायत उपस्थित सम्पूर्णले स्व: खुम बहादुर खड्काको तय्बिरमा मार्ल्यार्पण गर्नु भएको थियो भने उक्त श्रदान्जली सभाको सञ्चालन नेपाली जनसम्पर्क समिति बेल्जियमका प्रवक्ता श्री जगदिस सापकोटाले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू