अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

महामहिम डा. सुवेदी प्रोमोसन एन्ड मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा सर्वसम्मतिले निर्वाचित

बिआरटीनेपाल २०७४ चैत ३० गते ७:०२ मा प्रकाशित

मेक्सिकोको राजधानी मेक्सिको सिटीमा मिति ०९ अप्रिल, २०१८ मा आरम्भ भएको अन्तर्राष्ट्रिय कफी सङ्गठनको १२१ ‌औं परिषद् बैठकले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत एवंम् अन्तर्राष्ट्रिय कफी सङ्गठनका लागि नेपालको स्थायी प्रतिनिधि महामहिम डा. दुर्गा बहादुर सुवेदी लार्इ Promotion and Market Development Committee को उपाध्यक्ष पदमा सर्वसम्मतिले निर्वाचित गरेको छ ।उक्त Committee को अध्यक्षमा जापानका प्रतिनिधि श्री Mitsuhrio Takayangi निर्वाचित हुन भएको छ ।

महामहिम डा. सुवेदीलार्इ उपाध्यक्षमा निर्वाचित गरियोस भनी मेक्सिकोका लागि ब्राजिलका राजदूत तथा ब्राजिलको प्रतिनिधिमण्डलका नेता महामहिम श्री Maurico Carvalho Lyrio ले प्रस्ताव गर्नु भएकोमा कोतदेभ्यायर, पनामा, केन्या, इन्डोनेसिया, होण्डुरस, एलसाल्भाडोर, कोलम्विया र इथियोपियाका प्रतिनिधिहरूले समर्थन जनाए पछि महामहिम डा. सुवेदीलार्इ सर्वसम्मतिले निर्वाचित गरिएको थियो। 

कमिटीका नवनिर्वाचित उपाध्यक्ष महामहिम डा. सुवेदीले नेपाल सरकारका तर्फबाट सबै सदस्य राष्ट्रहरुलार्इ समर्थनको लागि आभार व्यक्त गर्नुहुँदै आफूले प्राप्त गरेको जिम्मेवारी इमान्दारीपूर्वक एवं उत्साह र ऊर्जाको साथ निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो । गुणस्तरीय कफी उत्पादनको प्रवर्द्धनका साथै कफी बजारको विस्तार आजको आवश्यकता हो भनुहुँदै महामहिम डा. सुवेदीले आफ्नो कार्यकालमा नेपाल लगायत अति कम विकसित र विकासोन्मुख मुलुकहरूको कपी उत्पादन र बजार प्रवर्द्धनका लागि ठोस र सार्थक कार्य गर्ने प्रतिबद्धता गर्नु भयो ।

स्मरणीय छ, नेपालले २२ फेवुअरी २०१७ मा मात्र अन्तर्राष्ट्रिय कफी सङ्गठनको पूर्ण सदस्यता प्राप्त गरेको हो र नेपाल सरकारले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा.सुवेदीलार्इ मिति २९ जुन, २०१७ मा अन्तर्राष्ट्रिय कफी सङ्गठनका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू