अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

सरोज खनाल, दीपक बज्राचार्य र कर्णदासको र्याम्पवाकसँगै गोर्जियस एटायर सो सम्पन्न

बिआरटीनेपाल २०७४ चैत ३० गते ६:५५ मा प्रकाशित

नेपालका वरिष्ठ कलाकार र गायकको उपस्थितिमा गएको शुक्रबार गोर्जियस एटायर सो भव्य र सभ्य तरिकाले सम्पन्न भयो । गोर्जियस इन्स्टिच्यूत अफ फेसन टेक्नोलोजी (गीफ्ट) को आयोजनामा भएको फेसन सोको चौथो संकरण ललितपुरको १९९९ एडिमा नेपाली कलाकारिताको क्षेत्रमा अत्यन्त लोकप्रिय कलाकार सरोज खनालको प्रमुख आतिथ्यमा पानसमा दीप प्रज्वलन सँगै सुरु भयो । खनाल लाई साथ दिन नेपालका नामि गायकहरू कर्ण दास, दीपक बज्राचार्य, बबिन प्रधान, भीम तुलाधर, सानुबाबु महर्जनहरु उपस्थित थिए । त्यसै गरी वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, रिचुअल फ्राइट, गोल्डेन ज्वेलर्स एण्ड डायमण्डका प्रतिनिधि, अधिवक्ता लक्ष्मण महर्जन, उज्वल कृष्ण श्रेष्ठ, आइआइएफटीका तेन्जिङ्ग सेर्पा, मञ्जु श्रेष्ठ, बिपना थापाको पनि उपस्थिति रहेको थियो । सबै अतिथिहरूलाई र्याम्पवाक गराइएको थियो । 

गीफ्टका डिजाइनरहरुको प्रतिभा प्रस्फुटन भएको सोमा गीफ्टया निर्देशक शोभा महर्जनले नेपालको मौलिक कपडा धाकाको फेसनेबल डिजाइन प्रस्तुत गरेकी थिइन । त्यसै गरी गीफ्टका डिजाइनरहरु अञ्जना अधिकारी, मुस्कान श्रेष्ठ, संगिता शाही, शिला थापा, बिनु लामा र प्राश्ना महर्जनहरुले वन पिस, सारी, गाउन, लेहेन्गाका डिजाइनहरू पस्केका थिए । ८ पुरुष र १६ महिला मोडलहरूले डिजाइनरका ड्रेसको प्रस्तुति गरेका थिए जसको कोरियो म्यानहण्ट सनिस शाक्यले गरेका थिए । एलिगेन्ट टेलरिङ्ग सेन्टरका मेन्स वेयरको पनि ¥याम्पवाक भएको थियो । क्लबमाण्डु इन्टरटेन्मेन्टको व्यवस्थापनमा भएको फेसन सोमा कर्णदाससँगै कर्णदासमा सुपुत्र मार्कुस दासले साङ्गीतिक कला प्रस्तुत गरेका थिए । कार्यक्रममा दर्शकलाई हँसाउन कमेडि डान्सपनि देखाइएको थियो । 

प्रतिक्रिया