अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

ट्रम्पले दिए नेपाली नयाँ वर्षको शुभकामना

अन्‍नपूर्ण पोस्ट २०७४ चैत २९ गते २२:५५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेपाली नयाँ वर्ष वि.सं‌. २०७५ सालको शुभकामना दिएका छन् । ट्रम्पको तर्फबाट ह्वाइट हाउसस्थित कार्यकारी सचिव जोन जे सुल्लिभानले बिहीबार एक वक्तव्य जारी गर्दै नेपालीहरूलाई नयाँ वर्ष २०७५ सालको शुभकामना दिएका हुन् ।

‘राष्ट्रपति ट्रम्प र अमेरिकन जनताको तर्फबाट विश्वभर रहेका नेपाली समुदायलाई नयाँ वर्ष पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । 

ट्रम्पले गत वर्ष भएका ठुला उपलब्धिलाई पनि सम्झिँदै शुभकामना दिएका छन् । ‘नेपाली नयाँ वर्षको खुसीयाली बितेको वर्षको उपलब्धिलाई संस्थागत गर्दै मनाउने अवसर दिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘जसमा चुनावबाट निस्किएको शान्तिपूर्ण निचोड पनि रहेको छ। हाम्रा सरकारबिचको समृद्धि र अझ गहराईबाट साझेदारी बढाउने भविष्यको बारेमा देख्नु जरुरी ५ । यो पनि हाम्रो संस्कृति र समाजका लागि नेपाली-अमेरिकनको योगदानको सम्मान गर्ने एक मौका हो ।’

अन्त्यमा ट्रम्पले आफ्नो शुभकामना स्वीकार्न आग्रह गर्दै अबका दिन सुखमय हुने पनि विश्वास व्यक्त गरेका छन् । 

सम्बन्धित सामग्रीहरू