अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

सियाटल र भरतपुरबिच भगिनी सम्बन्ध

बिआरटीनेपाल २०७४ चैत २९ गते १०:२७ मा प्रकाशित

अमेरिकाको सियाटल र नेपालको भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । वाशिङ्टनस्थित सियाटल किङ्स काउन्टी मेट्रोपोलिटनकी मेयर जेनी ए डर्किनले भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने बताएकी छन् ।

मेयर डर्किनले नेपालको भरतपुर महानगरपालिकामा पनि आफु जस्तै महिला मेयर भएकीले भगिनी सम्बन्ध स्थापना गर्ने इृच्छा व्यक्त गरेकी हुन् । भरतपुर महानगरपालिकामा रेणु दाहाल मेयर छिन् । 

सियाटलका लागि नेपालका अवैतानिक वाणिज्यदूत एसी शेर्पाले डर्किनलाई भेटेर उक्त प्रस्ताव राखेका थिए । प्रस्तावलाई स्वीकार्दै डर्किनले भरतपुर महानगरपालिकासँग मिलेर काम गर्न सकिने बताएकी हुन् । भगिनी सम्बन्ध स्थापनाका सम्बन्धमा अर्को भेटमा विस्तृत कार्ययोजना बनाउने तय भएको शेर्पाले बिआरटी नेपाललाई बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू