अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२५ | Colorodo: 12:40

हावा हुरीका कारण भारतमा १५ जनाको मृत्यु, ताजमहलमा पनि क्षति

बिआरटीनेपाल २०७४ चैत २९ गते ९:१२ मा प्रकाशित

नयाँदिल्ली, भारतको उत्तर प्रदेश राज्यमा बर्षा सहितको उच्च गतिको हावाका कारण कम्तिमा १५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार प्रतिघण्टा १३० किलोमिटरको गतिमा हावा आएको थियो ।

उत्तर प्रदेशको ब्राज नजिकै बुधबार राति भीषण बर्षासहितको हावाहुरी चलेको र यसबाट मानवीय क्षतिसमेत हुन पुगेको भारतीय प्रहरीले बताएको छ । उत्तर प्रदेश राज्यको राजधानी लखनउमा पनि बर्षा सहित तीव्र हावाहुरी आएको अधिकारीहरुले जानकारी दिएका छन् ।  “अहिले सम्म प्राप्त विवरण अनुसार आग्रामा आठ जनाको मृत्यु भएको छ भने चार जनाको मथुरामा र दुई जनाको फिरोजावादमा मृत्यु भएको छ,” एक अधिकारीले भने । 

विनाशकारी हावाहुरीले ताजमहलमा समेत क्षति पु¥याएको छ । ताजमहलको शाही पोलहरु र दक्षिणी प्रदेशद्वारमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।

ताज महल भारतको ऐतिहासिक प्राचिन सम्पदा हो । योे विश्वकै सात आश्चार्य मध्येको एक सम्पदाको रुपमा चिनिन्छ । यो विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा पनि हो ।

“गत मध्यरातमा आएको हावाहुरी र पानीले गर्दा प्रदेशद्वारसँगै रहेको १२ फिट अग्लो धातुको पोलमा नोक्शानी भएको छ, त्यसैगरी अर्को ठाँउमा रहेको अर्को पोलमा पनि क्षति पुगेको छ,” एक अधिकारीले भने ।

भुइतलामा रहेको पुष्पपात्र र पर्खालहरूमा पनि सामान्य क्षति भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । भारतीय संचार माध्यमहरूले विनाशकारी हावाहुरी र बर्षाका कारण पश्चिमी राजस्थान राज्यमा कम्तीमा १२ जनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू