अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

ताराप्रकाशले ल्याए देशभक्ति गीत (भिडियो)

दिप सन लुइटेल, काठमाडौँ २०७४ चैत २९ गते ८:४५ मा प्रकाशित

अहिलेको समयका चर्चित गायक तथा सङ्गीतकार ताराप्रकाश लिम्बुको नयाँ देशभक्ति गीत रिलिज भएको छ। सार्वजनिक ‘मेरो प्यारो मेरो देश मेरो नेपाल’ बोलको गीतमा तार प्रकाश स्वर तथा सङ्गीत सुन्न सकिन्छ। गीतकार मुकेश राईको गीति एल्बम ‘मनोकांक्षा २’मा समावेश यस गीतमा देश प्रतिको माया व्यक्त गरिएको छ। 

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा ताराप्रकाश आफै फिचरिङ छन्। देशभक्ति भावनालाई देखाइएको भिडियो नेपालका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाङ्कन गरिएको छ। भिडियोमा तारा प्रकाश देशभक्ति नेपालीको रूपमा प्रस्तुत छन्।

आफूले धेरै रोमान्टिक गाइसके पनि देशभक्ति गीत गाउने इच्छा भएका कारण यस गीत तयार गरेको तारा प्रकाश बताउँछन्। भन्छन् ‘मैले धेरै रोमान्टिक गीत गाए। तर पनि मनमा कता कता देशभक्ति गीत गाउने इच्छा सधैँ थियो। त्यसैले यो गीत गाए।’ देशभक्ति भावनाको गीत भएकाले पनि यस गीतलाई दर्शक-श्रोताले पनि मन पराइदिने उनी बताउँछन्।

राजिप समरको नृत्य निर्देशन रहेको यस गीतको भिडियोमा सैरभ लामाको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया