अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

नेपाल विधि विज्ञान प्रतिष्ठानले ६० बिरुवाको कोडिङ गर्‍यो

बिआरटीनेपाल २०७४ चैत २८ गते २३:०६ मा प्रकाशित

ललितपुर, नेपाल विधि विज्ञान प्रतिष्ठान (नास्ट) ले नेपालमा पाइने ६० प्रजातिका बोटबिरुवाको कोडिङ गरेको छ । कुनै पनि प्रजातिको बिरुवाको सम्पूर्ण जानकारी व्यवस्थित रूपमा इन्टरनेटमा राख्ने काम कोडिङ हो ।

विश्वका अधिकांश मुलुकले आफ्नो देशमा पाइने बिरुवा सबैले हेर्न र जानकारी पाउन सक्ने गरी इन्टरनेटमा राखिएका हुन्छन् । नास्टले सन् २०१२ देखि बिरुवाको कोडिङ सुरु गरेको हो ।

बिरुवाको कोडिङ गर्दा त्यस विषयमा चासो राख्ने स्वदेशी तथा विदेशी दुवैका लागि फलदायी हुन्छ, नास्टका वैज्ञानिक रामचन्द्र पौडेलले भन्नुभयो, ‘विश्वका जुनसुकै देशमा बस्नेले पनि इन्टरनेट मार्फत् त्यो बिरुवाका सम्पूर्ण ज्ञान पाउँछ ।’

यो प्रविधि सुरु भएको केही वर्षसम्म काम अघि बढ्न सकेको थिएन । अहिले वार्षिक कार्यक्रममार्फत नास्टले वर्षको १०–१५ वटासम्म बिरुवाको कोडिङ गरिरहेको छ, उहाँले भन्नुभयो, ‘एक÷दुई वर्षदेखि आवश्यक मात्रामा काम भइरहेको छ ।’

नेपालमा मात्रै पाइने रैथाने जात र अन्य देशमा पनि पाइने बिरुवा गरेर दुवै खालका बोटबिरुवाको कोडिङ भइरहेको उहाँले जानकारी दिनुभयो ।
कुनै पनि बिरुवाको गुणहरू इन्टरनेटमा बार कोडिङ गरेर राखिएका बिरुवासँग जुधाएर हेरेर बिरुवा त्यही हो÷होइन छुट्टाइन्छ । एउटै प्रजातिका बिरुवामा समान गुण बढी पाइन्छ भने फरक प्रजातिमा कम पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू