अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

गृहसचिव राईले खनालद्वयलाई दर्ज्यानी चिह्न प्रदान

बिआरटीनेपाल २०७४ चैत २८ गते २२:३४ मा प्रकाशित

काठमाडौँ, गृहसचिव प्रेमकुमार राईले बिहीबार बिहान खनालद्वयलाई गृहमन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । उनीहरूले बिहीबार देखी आफ्नो कार्यभार सम्हाल्नेछन् । 

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सर्वेन्द्र र शैलेन्द्रलाई महानिरीक्षक पदमा नियुक्त गरेको थियो । सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बुधवार ३० बर्से सेवा अवधिबाट अनिवार्य अवाकाश पाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू