अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

वैचारिक दृष्टिकोण र सिद्धान्तमा परिवर्तन हुँदैन: अध्यक्ष थापा

बिआरटीनेपाल २०७४ चैत २८ गते २२:०२ मा प्रकाशित

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले रणनीति र कार्यनीतिमा परिवर्तन गरेको भए पनि वैचारिक दृष्टिकोण र सिद्धान्तमा परिवर्तन नगरेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको बुधवार आयोजित भेलामा उहाँले भन्नुभयो, “चुनावमा पार्टीले पराजय भोगेको भए पनि प्रजातन्त्र र हिन्दूराष्ट्रको मान्यतामा आधारित संवद्र्धनवादका विचारमा प्रस्ट छ ।” 

अध्यक्ष थापाले प्रजातान्त्रिक विधि र मान्यताबाट पार्टीका विचारलाई स्थापित गरिने उल्लेख गर्दै देश विकासका लागि भ्रष्टाचार अहिले मुख्य चुनौती भएको हुँदा यसको विरुद्धमा आफूहरूले देशभर गतिविधि सञ्चालन गर्ने बताउनुभयो ।

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री राजेन्द्र लिङ्देनलगायतले अब मुलुकको विकासका लागि आवश्यक पर्ने जनशक्ति विकास गर्नुपर्ने बताउँदै विद्यार्थी आन्दोलन गुणस्तरीय र प्राविधिक शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उक्त सम्मेलनमा ७२ जिल्लाका ३५० प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू