अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

नयाँ वर्ष २०७५ भेडेटारमा

बिआरटीनेपाल २०७४ चैत २८ गते ९:३७ मा प्रकाशित

धरान, पूर्वको सबैभन्दा नजिकको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको भेडेटारमा आगामी नयाँ वर्ष २०७५ सालको पहिलो दिन अर्थात् वैशाख १ गते मनाउन आउनुहुनेहरुलाई मनोरञ्जन प्रदान गर्न स्थानीय पाथीभरा क्लब, भेडेटारको आयोजना तथा होटेल एसोसियन भेडेटारको व्यवस्थापन तथा नेपाल आइस नेचुराको प्रायोजनमा ”नेपालआइस नयाँ वर्ष २०७५ भेडेटारमा“ कार्यकर्म आयोजना हुने भएको छ ।

“हरेक वर्ष झैँ यो वर्ष पनि उल्लासमय रूपमा नयाँ वर्ष मनाउन वैशाख १ गते शनिवार भेडेटार जाओं “ भन्ने नाराका साथ नयाँ वर्ष २०७५ भेडेटारमा कार्यकर्म भेडेटारमा आउनुहुने पर्यटक हरेको लागि विशेष रूपमा आयोजना गरिन लागेको हो ।

बिहान देखि साँझ सम्म चल्ने कार्यकर्ममा स्थानीय गरिमा डान्स सेन्टर, गोल्डन नेपाल आइडलका फाइनालिस्ट अमित, मिलन, सुजनसँगै चर्चित गायक विनोद खम्बुको विशेष प्रस्तुति रहनेछ भने स्थानीय चर्चित डिजे विशालले आफ्नो डिजेइंगको तालमा आगन्तुकहरुलाई मनोरञ्जन दिलाउनेछन । हरेक वर्ष हजारौँको सङ्ख्यामा आउनुहुने पर्यटक यो वर्ष पनि उल्लेखनीय रूपमा बढ्ने होटेल एसोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दाली राईले बताउनुभयो । 

प्रतिक्रिया