अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 12:30

चर्चित गायिका सहीमा श्रेष्ठले जन्मदिनको अवसरमा लिएर आइन “कुनै दिन”(भिडियो सहित)

सुर्य चन्द, काठमाडौँ २०७४ चैत २८ गते ९:२२ मा प्रकाशित

नेपाली साङ्गीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गीतहरू नेपाली साङ्गीतिक बजारमा पस्केर सम्पूर्ण नेपाली गीत सङ्गीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनी सुन्दरी चर्चित गायिका सहीमा श्रेष्ठले आफ्ना दर्शक श्रोताहरूको लागि भनेर आफ्नो जन्मदिनको अवसरमा निकैनै मिठो गीतको उत्कृष्ट गीतको म्युजिक भिडियो सार्बजानिक गरेकी छिन्। 

चर्चाको शिखरमा पुगेर साङ्गीतिक क्षेत्रमा तहल्का मच्याउन सफल चर्चित गायिका सहीमा श्रेष्ठले जन्मदिनको अवसरमा गीतको म्युजिक भिडियो सार्बजानिक गर्दै साङ्गीतिक जन्मदिन मनाएकी हुन्। आफूलाई साङ्गीतिक क्षेत्रमा स्थापित गरिसकेकी गायिकाले जन्मदिनको अवसर पारेर आफ्ना फ्यान फलोअर्स र शुभेच्छुकका लागि उपहार भन्दै आफ्नै मिठो स्वरमा रहेको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

समाजका विभिन्न बरिष्ट व्यक्तित्वहरू, सङ्गीत तथा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरू लगायत परिवार र नजिकका साथीभाइहरूको उपस्थितिमा गायिका सहिमाले जन्मदिनको केक पनि काटेकी थिइन्।

मिठो तथा सुमधुर आवाजमा रहेको ‘कुनै दिन’ बोलको गीतको म्युजिक भिडियो समेत निकैनै उत्कृष्ट बनेको छ । आफूलाई छोटो समयमा नै चर्चाको शिखरमा पुर्‍याएर स्थापित हुनलाई सहयोग गर्ने सम्पूर्ण फ्यान फलोअर्स र शुभेच्छुकका लागि आफू सदैव ऋणी रहेको सदैव यस्तै मायाको अपेक्षा गरेको समेत उक्त अवसरमा सहिमाले बताइन्।

किरण केसी “क्रोधी” को शब्द तथा दीपक शर्माको सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोमा नायक पुष्पल खड्का तथा नायिका शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ। लहांग सुब्बाले एरेन्ज गरेको गीतमा ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको छ । सङ्गीतकार दीपक शर्मा आफैले म्युजिक भिडियोको निर्देशन गरेका हुन्।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया