अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

खुमबहादुरको अस्तु बबइ नदीमा सेलाइयो

थाहा खबर २०७४ चैत २७ गते २१:५४ मा प्रकाशित

दाङ :  नेपाली काँग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको अस्तु बबइ नदीमा सेलाइएको छ। मङ्गलवार नेपाली काँग्रेस दाङले धर्ना धारापानीस्थित बब नदीमा पुगेर अस्तु सेलाएको हो।

काँग्रेसका नेता कार्यकर्ताहरूको उपस्थितिमा काठमाडौँबाट ल्याइएको अस्तु सेलाइएको थियो। खड्काको १२ दिनको पूण्यतिथिमा अस्तु सेलाइएको काँग्रेस जिल्ला सचिव शंकरप्रसाद डाँगीले बताए। काँग्रेसले बुधवार दाङमा खड्काको १३ दिनको पुण्यतिथिमा काँग्रेस दाङले उनको गृहगाउँ सतबरियामा श्रद्धाञ्जली सभा गर्ने भएको छ। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू