अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

विक्रम पाण्डेको कालीका कन्स्ट्रक्सनमा बम विस्फोट

बिआरटीनेपाल २०७४ चैत २७ गते २१:४५ मा प्रकाशित

चितवन । राप्रपा नेता विक्रम पाण्डेको भरतपुरमा रहेको कालीका कन्स्ट्रक्सनमा बम विस्फोट भएको छ । भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा कालीका कन्स्ट्रक्सनको ग्यारेजमा मङ्गलवार राती ८ः४५ बजे बिस्पोट भएको हो । कार्यालयको कम्पाउन्डमा भएको बम विस्फोटबाट झ्यालका सिसा फुटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कसले विस्फोट गराएको हो भन्ने यकिन हुन सकेको छैन । एक साता अघि मात्रै विप्लव समूहले कालीका कन्सटक्सनको जेसिबिमा आगजनी गरेको थियो । घटनास्थलमा अहिले नेपाली सेनाको बम डिस्पोजल टोली र प्रहरी परिचालन गरिएको छ । नेपाल समाचार पत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू