अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

बधार्इ सँगै ज्ञापन पत्र बुझायो चलचित्र निर्माता सङ्घ नेपालले

बिआरटीनेपाल २०७४ चैत २७ गते २१:३४ मा प्रकाशित

नवनियुक्त चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिँदै चलचित्र निर्माता सङ्घ नेपालले बोर्डकी अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । जसमा उल्लेख गरिएका माग मुख्यतः
क) राष्ट्रिय चलचित्र नीति कार्यान्वयन गर्नुपर्ने
ख) बक्स अफिस अबिलम्भ लागू गर्नु पर्ने र
ग) निर्माताले स्वतन्त्र रूपमा व्यापार गर्न पाउने अधिकार माथि अंकुश लाउने कुरा तुरुन्त बन्द गर्नुपर्ने माग नवनियुक्त बोर्डकी अध्यक्ष समक्ष राखियो ।

जवाफमा अध्यक्ष निकिता पौडेलले आगामी वैशाख सम्म इ–टिकट सम्पूर्ण हलमा लागू गरिसक्ने, आउने आर्थिक मसान्त पछि बक्स अफिस लागू हुने र चलचित्र दर्ता गर्दा कुनै पनि सङ्घ संस्थाको अब उप्रान्त सिफारिस नचाहिने प्रतिबद्धता जाहेर गर्नुभयो । सङ्घका अध्यक्ष नवल खड्काको नेतृत्वमा लय सङग्रौला, उदय सुब्बा, किसान पोख्रेल, मनोज श्रेष्ठ, कृषा चौलागाईं, निरज ढकाल, निर्मल लामा, मदन कुमार इङनाम,शीवम् अधिकारी, किरण थापा, गुणराज श्रेष्ठ सहितको टोली विकास बोर्डमा ज्ञापन पत्र बुझाउन गएको थियो । 

प्रतिक्रिया