अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

गायक नारायण धितालको ‘तर्की तर्की’ को भिडियो सार्वजनिक

रघु सापकोटा, काठमाडौँ २०७४ चैत २७ गते २०:३१ मा प्रकाशित

गायक नारायण धितालको स्वरमा रहेको गीत ‘तर्की तर्की’ को भिडियो सार्वजनिक गरिएको छ । एल्बम ‘जय मायाप्रेम’ मा समावेश यस गीतलाई वि स्टार नेपालको अफ़िसिएल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा नारायणसँगै बेनिशा हमाल , अर्जुन रत्न भिकारीको अभिनय रहेको छ । हिमाली भेगको मनोरम दृश्यमा छायाङ्कन गरिएको गीतमा नारायण र बेनिशाको मायाको कथालाई प्रस्तुत गरिएको छ ।

गीतमा शब्द अर्जुन रत्नको रहेको छ भने सङ्गीत चेतन सापकोटाले दिएका छन् । गीतलाई एरेन्ज महाराज थापाले गरेका हुन् । गीतमा सुदिप बरालको छायाङ्कन, निशान घिमिरेको सम्पादन र युवराज बाइवाको निर्देशन रहेको छ । 

 

प्रतिक्रिया