अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

अमेरिकी राष्ट्रपति ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकारद्वारा राजीनामा

बिआरटीनेपाल २०७४ चैत २७ गते ११:४० मा प्रकाशित

वासिङटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजीनामा दिएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम बोसटले मङ्गलवार नै राजीनामाको घोषणा गरेका हुन ।

“राष्ट्रपति ट्रम्प सुरक्षा सल्लाहाकारद्वारा राजीनामापछि पनि अमेरिकी सुरक्षाका लागि गरेको प्रतिबद्धताप्रति आभार व्यक्त गरेका छन्,” ह्वाइट हाउसका प्रेस सेक्रेटरी सारा सेन्डर्सले बताइन । टम बोसटको राजीनामा जोन बोल्टनलाई राष्ट्रपतिको चौँथो राष्ट्रिय सुरक्षा सल्लाहाकारका रूपमा जिम्मेवारी सम्हालेपछि आएको हो । Photo: google

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू