अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

प्रहरी महानिरीक्षकमा सर्वेद्र खनाल र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त

बिआरटीनेपाल २०७४ चैत २७ गते ११:१७ मा प्रकाशित

काठमाडौँ, सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उहाँहरूलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । राज्यमन्त्री बाँस्कोटाका अनुसार उहाँहरूलाई पर्सि चैत २९ गतेदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो ।

सङ्गठनमा प्रहरी नायव महानिरीक्षकको वरियतामा दुवै जना शीर्षस्थानमा हुनुहुन्थ्यो । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ तीस वर्षे अवधिका कारण भोलि बुधवारदेखि अवकाशमा जाँदै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू