अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

जर्मनी भाषामा अनुदित भई प्रकाशित कृति सन्दर्भमा कार्यक्रम आयोजना गरिँदै

बिआरटीनेपाल २०७४ चैत २६ गते २२:४९ मा प्रकाशित

वासिङ्टन डिसी, नेपाली साहित्यका विभिन्न कृतिहरू विश्वका विभिन्न भाषाहरूमा अनुवाद भएर नेपाली साहित्यको विश्वयात्रा जारी छ । यसै क्रममा जर्मन भाषामा अनुवाद भएर हालै प्रकाशित साहित्यकार शिव लामिछानेको “MELODIN DER EXISTENZ” को प्रकाशनको सन्दर्भमा GLOBAL JOURNEY OF NEPALI LITERATURE कार्यक्रम अमेरिका नेपाल साहित्य प्रतिष्ठानले आगामी १८ अप्रिलमा आयोजना गर्ने भएको छ ।

साहित्यकार शिव लामिछानेले मूल अङ्ग्रेजीमा लेखनुभएको तथा अमेरिकाबाटै प्रकाशन भएको Tunes of Existence कथा सङग्रहको जर्मन भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो । यस सङ्ग्रहमा ८ कथाहरू रहेका छन् । उनको Golden Ball in a Piggy Bank नामक कृति पनि मूल अङग्रेजीमा प्रकाशित भई स्पेनिश भाषामा Balon de Oro En Una Alcancia शीर्षकमा प्रकाशित भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू