अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

प्रधानमन्त्रीको कार्यशलीप्रति माओवादी मन्त्रीको गुनासो

बिआरटीनेपाल २०७४ चैत २६ गते २१:४७ मा प्रकाशित

काठमाडौँ, अहिले गठबन्धन सरकार रहेको, एकताको चरणमा पार्टी रहेको अवस्थामा आपसी परामर्शका आधारमा सचिव सरुवा गर्नुपर्नेमा प्रधानमन्त्रीले एकलौटी निर्णय गरेको गुनासो माओवादी मन्त्रीहरूले गरेका हुन्।सरकार सञ्चालनमा प्रधानमन्त्री केपी ओली एकलौटी चल्न थालेको गुनासो माओवादी मन्त्रीले गरेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सोमबार बिहान सामूहिक भेट गर्दै माओवादी मन्त्रीहरूले प्रधानमन्त्रीले मन्त्रीहरूलाई थाहै नदिई सचिव सरुवा गरेको भन्दै गुनासो गरेका हुन्। 

अहिले गठबन्धन सरकार रहेको, एकताको चरणमा पार्टी रहेको अवस्थामा आपसी परामर्शका आधारमा सचिव सरुवा गर्नुपर्नेमा प्रधानमन्त्रीले एकलौटी निर्णय गरेको गुनासो माओवादी मन्त्रीहरूले गरेका हुन्। ‘सचिव सरुवाको विषय मन्त्रीहरूले थाहा पाउनु भएन, क्याबिनेटमा छलफल गरेर टुंग्याउनुपर्ने विषय थियो,’ अध्यक्ष दाहालसँग मन्त्रीहरूले व्यक्त गरेको भनाइ उद्धृत गर्दै प्रवक्ता पम्फा भुसालले भनिन्, ‘राजनीतिक हिसाबले पार्टी एकता प्रक्रियामा रहेका कारण पनि परामर्श गर्नुपर्नेमा त्यस्तो गरिएन भन्ने मन्त्रीहरूको कुरा थियो।’

२२ चैतमा प्रधानमन्त्रीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाई ३० सचिव सरुवाको निर्णय गराएका थिए। मन्त्रीहरूले त्यसबारे भोलिपल्ट मात्रै थाहा पाएका थिए। माओवादी मन्त्रीहरूले महत्त्वपूर्ण निर्णयमा सरकारमा सहभागी दलसँग परामर्श हुनुपर्ने अडान लिएका छन्।

सोमबार दाहाललाई मन्त्रीहरूले अहिलेसम्म भएका कार्यप्रगति, प्रधानमन्त्रीको कार्यशैलीलगायत विषयमा ब्रिफिङ गरेको सहभागी एक मन्त्रीले बताए। प्रवक्ता पम्फा भुसालले पनि सरकारको कामलाई प्रभावकारी बनाउनेबारे आन्तरिक छलफल र अबको बजेटका विषयमा मन्त्रालयलाई जनताका आकाङ्क्षा सम्बोधन गर्नेगरी प्रभावकारी कार्यक्रम ल्याउन अध्यक्षले निर्देशन गरेको बताइन् भन्ने समाचार अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू