अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

गायक शिव परियारको स्वर रहेको “जितेर पनि हारमा छुु” सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत २६ गते १०:५१ मा प्रकाशित

काठमाडौँ: गायक शिव परियारको स्वर रहेको जितेर पनि हारमा छुु बोलको गीत सार्वजिक भएको छ । सोमबार सार्वजनिक भएको यस गीत सुरेश वाग्लेको गीति एल्बम तिमी साथ भएपछिुमा समावेश छ । सुरेश यस गीतका गीतकार हुन् भने गीतमा हरि लम्सालको सङ्गीत रहेको छ।

गीतमा सबै कुरा जोतेर पनि मान्छे भित्री रूपमा दुस्खित हुन्छ वा आफैसँग हारिरहेको हुन्छ भन्ने परिवेश सम्झेर गीत लेखिएको गीतकार सुरेश वाग्लेले बताए । त्यस्तै, गायक शिव परियारले पनि गीतको शब्द तथा सङ्गीत एकदमै राम्रो भन्दै यस गीतले पुरानो गजल गीतको ट्रेन पुनस् स्थापित गर्ने बताए । उनले भने धेरै पछि एक राम्रो गीत गाउने मैका पाएको छु । दर्शक श्रोताले यस गीतलाई मन पराइदिनुहुन्छ भन्ने आशा छ।


शान थापाको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा पुष्प खड्का र मरिष्का पोखरेल फिचरिङ छन् । गीतको शब्द अनुसारको भिडियो तयार गरिएको निर्देशक शान थापाले बताएका छन् । उनले भने गीतको शब्द एकदमै राम्रो छ । त्यहीँ शब्द अनुसारको भिडियो बनाएको छु। अर्जुन तिवारीले खिचेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । 

यस एल्बममा समावेश एक गीत तिमी साथुलाई धेरै दर्शक श्रोताले मन पराए छन् । बुद्ध लामाको स्वर रहेको उक्त गीत युट्युब ट्रेन्डिङको नम्बर एकमा पनि पर्न सफल थियो । हाल उक्त गीतले युट्युबमा ११ लाख बढी पटक हेरिएको छ।

भिडियो:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू