अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 14:07

रितिकाको सारीको छेउ बजारमा

गीता अधिकारी, काठमाडौँ २०७४ चैत २६ गते १०:३५ मा प्रकाशित

गायिका रीतिका जिरेलको नयाँ आधुनिक सारीको छेउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जिरेलको आवाजमा रहेको यस गीतलाई सङ्गीत पनि उनैले दिएकी छिन् भने शब्द पनि उनको नै रहेका सार्वजनिक गीतलाई इन्द्र जिसिले एरेञ्ज गरेका छन् ।

टी टाइम म्यूजिको यूट्युव च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोलाई टङ्क केसीले खिचेका हुन् भने मदा खड्काले निर्देशन गरेका छन् । रमाइलो गर्दा सारी मिलाए देउन भन्ने शब्दलाई सर्जकले गीतमा उतारेका छन् । उक्त गीतको भिडियोमा गायिका रितिकासँगै हास्य कलाकार भीम केसी, ऋृतु लामा, रुख्मिला, समीक्षा, सनाया र रमिताले अभिनय गरेका छन् भने सम्पादन विकास ज्ञवालीले गरेका छन् । गायक सँगसँगै मोडलिङमा पनि आगामी दिनमा आफूलाई स्थापित गर्ने चाहना रहेको गायिका बताउँछिन् ।

VIDEO: