अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४ | Colorodo: 15:09

कोलोराडोमा नेपाल डे परेड हुँदै

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ चैत २६ गते १०:१२ मा प्रकाशित

नयाँ वर्ष २०७५ को अवसर पारेर कोलोराडोमा अब आउने आइतबार (अप्रिल १५, २०१८) ‘नेपाल डे परेड’ गरिने भएको छ । शुभकामना आदान प्रदान सहित आयोजना हुने परेडमा विभिन्न खाले नेपाली भेषभूषा एवं संस्कृति प्रस्तुति गरिनेछ । 

कार्यक्रममा कोलोराडोबासी दर्जनौँ नेपाली तथा विदेशीहरूको सहभागिता हुने विश्वास लिइएको छ । परेडमा विशेषता: विभिन्न नेपाली सङ्घसंस्था एवं नेपालका शुभचिन्तक अमेरिकीहरूको उत्साहजनक उपस्थिति हुने छन् । 

कोलोराडोको बोल्डर सहरमा हुने परेडमा नेपाल र अमेरिकाका राष्ट्रिय झन्डासहित ब्यानर बोकेर सबैले बोल्डर सहरको डाउन टाउनको परिक्रमा गर्नेछन । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना एवं हेल्पिङ हयान्डको सहयोगमा सञ्चालित परेडमा वासिङ्टन डी.सी. स्थित नेपाली दूतावासका आर्थिक सल्लाहकार श्री कैलाश पोख्रेलको प्रमुख अतिथि हुनु हुनेछ । 

नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिलको तेस्रो आइतबार नेपाल डे परेडको आयोजना २००३ साल देखी गर्न थालिएको हो । नेपाल डे परेड २०१८ मा कोलोराडोबासी हामी सबै नेपालीहरू आ-आफ्नो जातीय, परम्परागत, सांस्कृतिक भेषभुषामा उपस्थित हुँनुहुन आयोजक संस्था रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले अनुरोध गरेको छ । परेड दिनको एक बजे बोल्डरको ब्यान्ड सेलबाट सुरु भई नगर परिक्रमा गर्दै उक्त ठाउँमा आइ विसर्जन हुनेछ । 

फाइल फोटो

प्रतिक्रिया