अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

विद्यालय भर्नामा डेढ दशकदेखि तामझाम, उपलब्धि शून्य

बिआरटीनेपाल २०७४ चैत २५ गते २०:०२ मा प्रकाशित

यसपटक पनि विगतका वर्षमा जस्तै नयाँ शैक्षिक सत्रअन्तर्गत वैशाख पहिलो र दोसे साता विद्यालयकेन्द्रित त्यसपछिका दुई साता समुदाय केन्द्रित कार्यक्रम गरिँदैछ । यसपटक त राज्यले भर्ना अभियानमा जनप्रतिनिधिलाई समेत संलग्न गराउँदैछ ।

नागरिक दैनिक लेख्छ– नयाँ शैक्षिक सत्र शुरुभएसँगै विद्यालय भर्ना अभियानका नाममा राज्यले विभिन्न तामझाम गर्न थालेको १४ वर्ष बितिसक्यो । तर उपलब्धि भने लगभग शून्यकै हाराहारीमा छ ।

यही विषय उठाएकाे कान्तिपुरले  ३ लाख बालबालिका स्कुलबाहिर रहेको तथ्यांक प्रस्तुत गरेको छ । समाचार अनुसार ५ देखि १२ वर्ष उमेर समूहका ३ लाख १३ हजार बालबालिका विद्यालयबाहिर छन् । उनीहरु किन विद्यालय आउँदैनन् भन्ने गहन अध्ययनबिनै गरिने भर्ना अभियानले यसपालि पनि उच्च नतिजा दिने विश्वास गर्न सकिँदैन

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू