अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

६ वर्षमा रक्सौलबाट काठमाडौंमा रेल

बिआरटीनेपाल २०७४ चैत २५ गते १९:५९ मा प्रकाशित

पत्रिका दैनिकले नेपाल–भारतबीच रक्सौल–काठमाडौं विद्युत्तीय रेलमार्ग निर्माणबारे सहमति भएको र तत्काल यसको सम्भाव्यता अध्ययन गरिने लेखेको छ समाचार अनुसार विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि मात्र दुई देशबीच लगानीको मोडालिटी र कार्यान्वयनलाई अन्तिम रुप दिइनेछ ।।रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग निर्माण गर्न न्यूनतम ६ वर्ष लाग्ने रेल विभागले जनाएको छ ।नयाँ पत्रिकाका अनुसार, महानिर्देशक अनन्त आचार्यले पूर्वतयारीलाई १ वर्षमा सम्पन्न गरी निर्माणमा लागे अबको ६ वर्षमा रक्सौल भएर गुड्ने भारतीय रेल काठमाडौंसम्म ल्याउन सकिने बताएका छन् ।

नेपालमा कोसी, गण्डकी र कर्णाली नदीमा अन्तरदेशीय जलमार्ग सञ्चालनको सम्भावना छ । तर विस्तृत अध्ययन भएको छैन । भारतले हल्यिदाबाट इलाहावादसम्म गंगा नदीमा जलमार्ग निर्माण गरिरहेको छ । नेशनल वाटरवेज–१ नाम दिइएको सो जलमार्ग वाराणसीसम्मको खण्ड सन् २०१८ को अन्त्यसम्ममा सम्पन्न हुने लक्ष्य छ । यो परियोजनाका लागि विश्व बैंकले समेत सहयोग गरेको छ ।

नयाँ पत्रिकाका अनुसार, निर्माण सम्पन्न भएपछि वारायणसीसम्म १५ सयदेखि २ हजार टनसम्मका पानीजहाज आउन सक्नेछन् । त्यो भनेको सयदेखि १ सय ५० कन्टेनर बोकेका पानीजहाज त्यहाँसम्म आउन सक्नेछन् । कोलकातासम्म ४ सय कन्टेनर रबोक्ने जहाज आउन सक्छन् । तर नेपालका नदीमा कुन आकारको जहाज आउन सक्छन् भन्ने अध्ययन भने भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू