अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

नेपाल–भारत सम्बन्ध कसैले बिगारे बेग्लै कुरा नत्र तस्वीर आफैं बोल्छ: प्रम ओली

बिआरटीनेपाल २०७४ चैत २५ गते १९:४५ मा प्रकाशित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन्। भारतको ३ दिने राजकीय भ्रमण सकेर फर्किएका प्रम ओलीले आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भ्रमणमा विभिन्न विषयमा सकारात्मक सम्वाद भएको जानकारी दिए। ‘हाम्रो भ्रमण यथार्थ कुरामा अघि बढ्यो, उपलब्धिपूर्ण कुरामा अघि बढ्यो,’ उनले भने।

भारतमा रहँदा आफूले ‘हाम्रो वैदेशिक सम्बन्ध मित्रताबाट प्रस्थान हुन्छ, त्यसैगरी मित्रताबाट प्रस्थान हुँदै खुलस्त, खुलापन र पारस्परिक हितमा हुन्छ। एकअर्काको सार्वभौसत्ता, हित र स्वाभिमानको सम्मान र पारिस्परिक लाभको आधारमा न्यायोचित हुनुपर्छ र त्यसबाहेक अन्य ढंगले सञ्चालित गर्न खोजियो भने न्यायोचित हुँदैन्’ भनेको बताउँदै ओलीले भारतले यसलाई सकारात्मक रुपमा लिँदै स्वागत गरेको बताए।

नेपाल भारत सम्बन्ध कस्तो छ ? एउटा भन्ने चलन छ नि, तस्वीर आफैं बोल्छ । के तस्वीर आफैँ बोलेको छैन र ? त्यसकारण अब धेरै भन्नुपर्ला जस्तो लाग्दैन । बिगारेन भने सँधैका लागि राम्रो हुँदै जान्छ । कसैले बिगारे बेग्लै कुरा तर हामी बिर्गादैनौं, हामी सकारात्मक ढंगले अघि बढाउँछौं । त्यसकारण पारस्परिक सम्मान र लाभका आधारमै सम्बन्ध अघि बढ्नुपर्छ र बढ्छ । आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू