अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१८ | Colorodo: 06:33

व्यवसायिक सुरक्षाको व्यवस्था गर्न सुनचाँदी व्यवसायीको माग

बिआरटीनेपाल २०७४ चैत २५ गते ९:४६ मा प्रकाशित

काठमाडौं–सुनचाँदी व्यवसायीहरुले व्यवसायिक सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले चोरी, लुटपाट एवम् व्यवसायीमाथिनै सांघातिक हमला भइरहेकोतर्फ गम्भिर ध्यानाकर्षण गराउँदै तत्काल उचित सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

सोमबारदेखि काठमाडौंमा सुरु हुने महासंघको ५ औं वार्षिक साधारण सभाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता मनोजकुमार साहले सुनचाँदीको गरगहना निर्यातका लागि सहज नीतिगत व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

साधारणसभाले सुनचाँदी व्यवसायलाई अझ बढि पारदर्शी, अनुशाशित, मर्यादित र भरपर्दो बनाउने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने साधारणसभामा देशभरका सुनचाँदी व्यवसायीहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू