अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

बिआरटीनेपाल २०७४ चैत २५ गते ९:३३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्किएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा चैत २३ गते भारत भ्रमणमा गएका उनले रेल्वे, जलमार्ग एवं कृषिसम्बन्धी तीन सम्झौतामा हस्ताक्षर गरेका हुन्।

भारतमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतासँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओलीलार्इ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनलमा सभामुख कृष्णबहादुर महराले स्वागत गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू