अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 16:41

वैशाखमा राष्ट्रिय महिला भलिबल हुने

बिआरटीनेपाल २०७४ चैत २५ गते ९:१० मा प्रकाशित

काठमाडौँ,  शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी वैशाखमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वैशाख २१ गतेदेखि राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा नेपालका चर्चित क्लबहरू पश्चिमाञ्चल भलिबल सङ्घ, न्यू डायमन्ड एकेडेमी र जावलाखेल ट्रेनिङ सेन्टरसँगै तीन विभागीय टोलीबिच भिडन्त हुनेछ ।

नकआउटका आधारमा हुने पाँचदिने प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख तथा तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् । प्रतियोगिताको समापनमा अवसरमा प्रतिष्ठानले स्पेसल अवार्ड विजेता र सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार रुपैयाँ बराबरको टिसर्ट र घडी प्रदान गर्ने जनाइएको छ । 

प्रतिक्रिया