अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

देशलाई समृद्ध बनाउन वैकल्पिक सरकार गठन हुन्छ: नेता भट्टराई

बिआरटीनेपाल २०७४ चैत २५ गते ७:०९ मा प्रकाशित

सिन्धुली. नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बनाउने बताउनुभएको छ । देशलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउन नयाँ शक्ति पार्टीले वैकल्पिक सरकार बनाउने बताउनुभएको हो । नयाँ शक्ति सिन्धुलीले आज साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सिंहदरबारको अधिकार गाउँगाउँमा गएसँगै हुन सक्ने अनियमिततालाई रोक्न वैकल्पिक सरकारले काम गर्ने बताउनुभयो ।

नेता भट्टराईले भन्नुभयो, “सिंहदरबारमा हुने भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्तीजस्ता प्रवृत्ति रोक्न स्थानीय, प्रदेश र सङ्घीय तहमा वैकल्पिक सरकार बनाउन लागेका हौ।” 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू