अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५४ | Colorodo: 17:09

भाटभटेनी सुपरमार्केटमा आगलागी

बिआरटीनेपाल २०७४ चैत २४ गते २१:३७ मा प्रकाशित

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजेदेखि आगलागी भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगर पालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगर पालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिने प्रयास भई रहेको छ ।

भाटभटेनी सुपरमार्केटको चौथो र पाँचौँ तलामा आगलागी भएको छ । आगलागी विद्युत् ‘सर्ट’ भएको बताइएको छ तर यकिन भएको छैन । सो सुपरमार्केट गत वर्षदेखि रु ९५ करोडको लागतमा सम्पन्न गरी सुरु गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू