अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 04:40

नेपालमा यसरी आउने भयो पानीजहाज

बिआरटीनेपाल २०७४ चैत २४ गते २१:३३ मा प्रकाशित

काठमाडौँ, चैत २५ । नेपालका गण्डकी, कोसी र कर्णाली नदीबाट पानीजहाज चलाउन सकिने सम्भावना देखिएको छ । भारत र नेपालबिच शनिवार भएको इनल्यान्ड वाटरवेजको माध्यमबाट नयाँ कनेक्टिभिटीको सम्झौताअनुसार यी तीनवटै नदी भारतको गङ्गामा गएर मिसिने भएकाले यिनै नदीमा जहाज चलाउन सकिन्छ । 

भारतले गण्डकी नदी गएर मिसिने गङ्गाको कालुघाटमा पानीजहाजको निम्ति आवश्यक संरचना बनाइरहेको छ । यो स्थानमा भारतले दुई हजार टनसम्मका जहाज ल्याउने र सोही स्थानबाट नेपालले ४/५ सय टनसम्मको पानी जहाज छिराउन सक्ने जल तथा ऊर्जा आयोगका पूर्वसहसचिव केशवध्वज अधिकारीले जानकारी दिए ।

उनका अनुसार कालुघाट सीमाबाट दुईसय किमीभित्रै पर्ने र यो स्थान तत्कालका निम्ति पानी जहाज चलाउने गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । यो स्थानको प्रयोग गरेर र आवश्यक संरचना बनाएर नेपालले पनि सिमानासम्म जहाज ल्याउन सक्छ ।

पानीजहाज चलाउन पानीको गहिराई मापन गर्नुपर्ने, नेपालले पनि नदी किनारसम्म सडक वा रेलको पूर्वाधार पुर्‍याउने काम गर्नुपर्छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू