अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

चिनियाँ र भारतीय रेलको भेट अब काठमाडौंमा

बिआरटीनेपाल २०७४ चैत २४ गते २१:३१ मा प्रकाशित

काठमाडौँ, चैत २५ । पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौँ ल्याउने भएको छ । काठमाडौँ आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौँ बनेको छ ।

सन् २०१६ को मार्चमा चीन भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेल सञ्चालन गर्ने सम्झौता गरेका थिए । चिनियाँ प्राविधिकको टोलीले यो रेल मार्गका लागि पौने तीन खर्ब रुपैयाँ खर्च लाग्ने जनाएको छ । 

उत्तरको रेल काठमाडौँ ल्याउने सम्झौता भएको दुई वर्षपछि दक्षिणको रेल पनि काठमाडौँ ल्याउने सम्झौता भएको छ । यो सम्झौताअनुसार काम भए उत्तर र दक्षिणका रेल काठमाडौँमा भेट हुनेछन् ।चीनबाट भारत पुग्न दुई सय ३० किलोमिटर रेल यात्रा गर्नुपर्नेछ । यो मुस्किलले एक घण्टाको दुरी हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शनिवार रक्सौल–काठमाडौँ रेलमार्गले जोड्ने सहमति भएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू