अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

खुला सिमाना मित्रताको अनुपम नमुना

विशेष प्रतिनिधि रमेश लम्साल, नयाँदिल्ली २०७४ चैत २४ गते १३:५६ मा प्रकाशित

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका गृहमन्त्री राजनाथ सिंहबिच भेटवार्ता भएको छ । भारतीय राष्ट्रपतिको कार्यालयमा आज साँझ भएको भेटवार्तामा नेपाल र भारतबिचको खुला सीमालाई व्यवस्थित बनाएर आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने विषयमा कुराकानी भएको हो ।

भेटवार्ताका बारेमा जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भन्नुभयो, “खुला सीमा मित्रताको अनुपम नमुना भएकाले यसलाई थप व्यवस्थित बनाउने विषयमा प्रधानमन्त्री ओली र भारतीय गृहमन्त्री सिंहबिच कुराकानी भयो ।”

प्रधानमन्त्रीमा ओली निर्वाचित भएपछि नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको भन्दै भारतीय गृहमन्त्री सिंहले आफूले नै भारतमा स्वागत गर्न पाउँदा थप उत्साहित र खुसी तुल्याएको उल्लेख गर्नुभयो ।

नेपाल र भारत छिमेकीमात्रै नभई भ्रातृत्व, मैत्री एवं सदाचारको धनीसमेत रहेकाले एक अर्काको चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि जान मार्ग प्रशस्त भएको भारतीय गृहमन्त्रीको भनाइ थियो ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालको प्रमुख कार्यसूची विकास र आर्थिक समृद्धिमात्रै भएकाले त्यसका लागि एक अर्का देशबिच थप सहकार्यका स्रोतहरूको खोजी तथा पहिचान गरेर अगाडि जानुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू