अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

क्यानडामा सडक दुर्घटनाबाट १४ हकी खेलाडीको मृत्यु

बिआरटीनेपाल २०७४ चैत २४ गते १३:५१ मा प्रकाशित

ओटावा क्यानडा, क्यानडाको दक्षिणपश्चिमी सास्काचवन प्रान्तमा एक ट्रकले ‘जुनियर हकी’ का खेलाडी बोकेर हिँडिरहेको एक बसलाई ठक्कर दिँदा कम्तीमा १४ जना खेलाडीको मृत्यु भएको र खेलाडीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बस चालकसहित २८ जनासहित राजमार्ग ३५ मा गुडिरहेको बसलाई एक मालबाहक ट्रकले ठक्कर दिएपछि १४ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

शुक्रवार राती हुने ‘सस्काचुवन जुनियर हकी लिग’ खेल्न उक्त समूह ‘द हम्बोल्ट ब्रोन्कोस’ गन्तव्यतर्फ गइरहेका समय उक्त दुर्घटना भएको बताइएको छ । सिन्ह्वा  फोटो: सिएनएन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू